Monday, April 4, 2016

Samsung Mobile Download MOde Bypass Tools
1. Need Dub Mobile
2. Open your phone

Your Phone Vol - Button Not Work Properly Then used this Tools
esay Bypass To donwload and Odin MOde


Download File

Monday, March 7, 2016

How to Transfer Balance in NTC (Nepal Telecom) Mobile Sim [NEW METHOD 2016]

Nepal Telecom has re-opened the balance transfer facility, which was closed from some time. Which means now there is no compulsory need to recharge the balance of NRs 100. NTC users can transfer the balance starting from Nrs. 10 to NRs. 100 only.

Some Important Points You Must Know:

  • You can only transfer the balance starting from Nrs.10 to Nrs.100 only.
  • You can only transfer the balance 5 times (limited) in 24 hours.
  • You can transfer the balance to GSM prepaid and CDMA (Postpaid/Prepaid) users.
  • You don't need to convert the Rs into Paisa (that you have done before) to transfer the balance.

How to Transfer Balance in NTC:

*422*SECURITY CODE NO*MOBILE NO*Rs#

Note Again : You don't need to convert Rs into Paisa inorder to transfer. Suppose if you want to transfer Rs.20 you need to add 20 not 2000.

How to Know Your Security Code Number?

If you have forgotten you sim security code number then Go to Message Box and Type scode and send it to 1400. You will receive your Security Code within a minute.

Friday, March 4, 2016

यूएइबाट नेपाल टेलिकमका कुनै पनि नम्बरमा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने

यूएइको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमका कुनै पनि नम्बरमा अब प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने भएको छ।
 
यस अनुसार Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने टेलिकमले जनाएको छ। 
 
योअफर मार्च १ (यही फागुन १८) देखि तीन महिनासम्म लागू हुनेछ । नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी भ्तष्कबबित कम्पनीले यो अफर लागू गरेको हो । 
 
यस छुट अफरबाट युृएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुनेछन्। 
 

फेसबुकको नौलो परिवर्तन

फेसबुकले लाइभ भिडियो स्ट्रिम फिचरलाई न्यूज फिडको माथि राख्ने निर्णय गरेको छ।
 
आईओएसका लागि मात्र उपलब्ध उक्त फिचर केही समयअघि एन्ड्रोइडका लागि पनि उपलब्ध गराइएको थियो।
 
फेसबुक लाइभ भिडियो स्ट्रिम फिचरले प्रयोगकर्तालाई स्मार्टफोनबाट लाइभ भिडियो ब्रोडकास्ट गर्ने सुविधा दिन्छ।
 
यसका लागि पेरिस्कोप जस्ता कुनै अन्य एपको जरुरत पर्दैन।
 

नयाँ इमोजीका साथ ह्वाट्स एपमा थपियो अर्को फिचर


म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ अपडेट गरिएको छ। यस अपडेटपछि प्रयोगकर्ताहरुले ह्वाट्स एपमा डक्युमेन्ट फाइल (Document File) पठाउन सक्नेछन्।  
 
यस फिचरमा हाल पिडिएफ (PDF) फाइल पठाउन सकिने छ र आगामी दिनमा वर्ड (Word) फाइल पठाउन मिल्ने सुविधा पनि उपलब्ध हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
 
ग्यालरी, क्यामराको आइकन (Icon) भएको ठाउँमा डक्युमेन्ट एड (add) गर्ने आइकन पनि दिइएको छ। भिडियो सेयरिङ आइकनलाई हटाएर यो नयाँ आइकन थपिएको कम्पनीले जनाएको छ।
 
फाइल रिसिभ र सेन्ड गर्न दुवै प्रयोगकर्ताको ह्वाट्स एप अपडेट भएको हुनु पर्छ। एन्ड्रोइडका लागि भर्जन V2.12.489 छ र आईओएसका लागि भर्जन V2.12.4 छ।
 

विश्वका खतरनाक भाइरसहरु मध्ये एक ‘आई लभ यू’

कम्प्युटरमा भाइरस आएमा विभिन्न प्रकारको समस्या हुन्छ। भाइरसका कारणले कम्प्युटर नै क्र्यास हुने सम्भावना हुन्छ। जानौँ विश्वका सबैभन्दा खतरनाक भाइरसका बारेमाः
 
आई लभ यू (I Love You)
सन् २००० मा आएको यो भाइरस इमेलका माध्यमबाट आउँछ। यसको सब्जेक्ट लाइन (Subject line) 'आई लभ यू' हुन्छ र फाइलको 'लभ लेटर फर यू' नाम हुन्छ।
 
मेलिसा (Melissa )
सन् १९९९ मा आएको यो भाइरस इमेलका माध्यमबाट आउँछ। यो नाम फ्लोरिडाकी एक डान्सरका नाममा राखिएको हो।
 
माइ डुम (My Doom)
इमेलमा आउने यो भाइरस सन् २००४ मा बेनको हो। यो भाइरस “mail transaction failed” जस्तो सब्जेक्टमा आउँछ। इमेलको एड्रेस बुक (Address Book) मा गएर यसले डाटा क्र्यास (Crash) गर्छ।
 
स्ट्रम वर्म (Storm Worm)
लिंक (Link) का माध्यमबाट आउने यो भाइरस सन् २००६ मा कम्प्युटरमा देखा परेको हो।
 
सिआईएच (CIH) 
सन् १९८८ मा आएको यो भाइरस हार्ड ड्राइभका माध्यमबाट कम्प्युटरमा प्रवेश गर्छ। सिस्टमको BIOS चिपलाई ओभरराइट गरेर ड्राइभ क्र्यास गर्छ।
 
एन्ना कोरनिकोभा भाइरस (Anna Kournikova virus)
टेनिस स्टार Anna Kournikova को फोटो एट्याच भएर आउने यो भाइरस सन् २००० मा आएको हो। यो भाइरस इमेलमा आउने गर्छ।
 
कन्फिकर भाइरस (Conficker virus)
सामाजिक संजालबाट फैलिने यो भाइरस सन् २००९ मा आएको हो। विन्डोज अपरेटिङ सिस्टममा काम गर्ने डिभाइसमा यसले असर गर्छ।
 
बिस्ट ट्रोजन हर्स (Beast Trojan Horse)
सन् २००२ मा आएको यो भाइरस सफ्टवेयरका माध्यमले आउँछ।
 

‘मोबाइल ट्रयाकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन

अर्थमन्त्रालयले मोबाइलको बैध व्यापारलाई प्रोत्साहन गर्न र यसबाट हुने राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन ‘मोबाइल ट्रयाकिङ’ प्रणाली कार्यान्वयनमा ल्याउन सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।
 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना तथा सञ्चार मन्त्रालयमार्फत सम्बद्ध सेवा प्रदायकलाई अन्तर्राष्ट्रिय मोबाइल उपकरण पहिचान (आइएमइआइ) र उपकरण पहिचान दर्ता प्रणाली (इआइआरएस) लागू गर्न निर्देशन दिएका हुन् । उनले सूचना तथा सञ्चार मन्त्री शेरधन राई, सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलिया, दूर सञ्चार प्रविधिरण र दूरसञ्चार सेवा प्रदायकलाई कम्पनीलाई बुधबार अर्थमन्त्रालयमा बोलाएर सो सम्बन्धि निर्णय कार्यान्वन गर्न भनेका हुन्।
 
नेपाल दूरसञ्चार प्राधिकरणलाई यससम्बन्धी अन्तरिम कार्यविधि बनाई सरोकारवाला निकायसँग छलफल गरी आगामी वैशाख १ गतेदेखि उक्त प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न भनिएको छ । एनसेल र यूटिएलसंग प्रविधि भएकाले तत्काल सुरु गर्ने र नेपाल टेलिकमले ६ महिना भित्र यसलाई लागू गर्ने जनाएका छन् ।
 
हालसम्म आइएमइआइ र इआइआरएस प्रणाली नभएका सेवा प्रदायकले छ महिनाभित्र यस्तो प्रणाली कार्यान्वनमा ल्याउन र त्यसको नियमित कार्यान्वनका गरे नगरेको सम्बन्धमा अनुगमन गर्न सञ्चार मन्त्रालयलाई जिम्मा दिइएको छ ।
 
यस प्रणालीको कार्यान्वनसँगै कानुनी आयातले प्रोत्साहन पाउने, राजश्व सङ्कलनमा सुधार आउने र सामाजिक सुरक्षालाई सबल बनाउन सकिने भएकाले यस्तो गर्न लागिएको अर्थमन्त्रालयले जनाएको छ ।

क्रोममा पनि भ्वाइस कलिङ सेवा सुरु हुने

गुगल क्रोम ब्राउजरमा भ्वाइस कलिङ सेवा सुरु हुने भएको छ।
 
यसका लागि परिक्षण सुरु गरिएको कम्पनीले जनाएको छ।
 
यो सुविधा सार्वजनिक भएपछि प्रयोगकर्ता भ्वाइस कलिङ सेवा सजिलै प्रयोग गर्न सक्नेछन्।
 
यस एपमा फोनको चिन्ह जस्तै एक आईकन देखिनेछ जसका मद्दतले भ्वाइस कल गर्न सकिने छ। 
 

फेसबुकले म्यासेन्जरमा नयाँ फिचर ल्याउँदै

फेसबुकले म्यासेन्जर प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याउने भएको छ।
 
फेसबुकले म्यसेन्जरमा ‘स्पोटीफाई’ (Spotify) फिचर थप्ने निर्णय गरेको हो।
 
यस फिचरका माध्यमले आफ्नो म्युजिक लाइब्रेरीमा भएका कुनै पनि गीतलाई म्यासेजमा पठाउन सकिने कम्पनीले जनाएको छ।
 
उक्त पठाइएको गीत सुन्न डाउनलोड गर्नु पर्ने आवश्यकता नहुने जनाइएको छ।

ट्वीटर सुरु भएदेखि हालसम्मै घाटामा

ट्वीटरका हाल ३० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ताहरु भएपनि कम्पनी घाटामा गइरहेको छ। 
 
अन्तर्राष्ट्रिय स‌ंचारमाध्यमक अनुसार कम्पनीले ट्वीटर सुरु गरेदेखि २०१५ को अन्त्यसम्ममा २ अर्व ९ करोड डलर घाटा व्यहोरेको जनाएको थियो।
 
कम्पनीको राजस्व बर्सेनी बढ्दै गएको भएपनि यसले आफ्नो नोक्सान मिलाउन सकेको छैन।

नेपालका प्रधानमन्त्रीको आधिकारिक वेबसाइट बिहीबारदेखि




नेपालका प्रधानमन्त्रीको आधिकारिक वेबसाइट बिहीबारदेखि सार्वजनिक भएको छ। www.opmcm.gov.np /pm मा लगइन गरी हेर्न सकिन्छ। वेबसाइटमा प्रधानमन्त्रीसँग सम्बन्धित जानकारीहरु हासिल गर्न सकिने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रमोद दाहालले बताए।
वेबसाइटमा २०४६ सालपछिका प्रधानमन्त्रीहरुबारे संक्षिप्त जानकारी समेत राखिएको छ। ‘नेपालका अहिले सम्मका सबै प्रधानमन्त्रीहरूका बारेमा जानकारी गराउने उद्देश्य हामीले लिएका छौ,’ दाहालले भने, ‘यस सम्बन्धी थप व्यबस्था क्रमशः गर्दै लगिने छ।’

Saturday, February 20, 2016

मेरो यो पहिलो प्रायस

तपाई हरु माझ मेरो ब्लग लाइ एन्ड्रोइड अप्लिकेसन मार्फत प्रस्तुत गरेको छु आवस्य नै मन पराउनु हुने छ  !!
डाउनलोड गर्न को लागि तल को  डाउनलोड  बटनमा क्लिक गर्नु होला !!



Wednesday, February 3, 2016

My Pictures Folder Not Showing Thumbnails

Don’t you just hate it when you go to your pictures folder or library and your picture folder is not showing thumbnail previews? This means your picture folder becomes very confusing and not being able to see the thumbnail previews for your pictures makes it extremely hard to find anything at all.

Here is a screenshot of my picture folder when the thumbnail pictures are not showing. I have Windows live Photo Gallery installed as the main picture editing program so this is the icon you can see. But I want to see a mini preview of my actual pictures.


How to show thumbnail previews in Windows

To show thumbnails in my pictures folder is the same process for Windows XP, Windows Vista, and Windows Seven. It is all done by accessing the Folder Options, the same place you go to show hidden files. Just a slightly different path to get there.

Windows Seven:

1. Open your picture folder by choosing pictures from the start menu.
2. You will see a menu at the top. Click on organize.
3. From this menu choose Folder and search options. See the screenshot below.


4. Folder Options will open. Go to the view tab.
5. Untick the option that says “always show icons, never thumbnails“. See the screenshot below.

6. Now simply press apply. My changes were instant but some computers might need to restart to see a difference. See the screenshot below of the same pictures in my picture folder.

Show thumbnails in Vista:

To actually see a menu in Windows vista that will let you access these options you might need to press on the ALT key. When you can see the menu, you can follow the instructions below.

Windows XP:

  1. Go to the Start menu at the bottom left corner.
  2. Choose My Computer.
  3. Go to the menu at the top and choose Tools, then choose Folder options.
  4. Choose View from the tabs at the top.
  5. Untick the option that says “always show icons, never thumbnails“. See the screenshot below.

Folder Options in the Windows Control Panel

Folder options in Windows Control Panel has some very important folder and file settings there. There are so many that I am only going to mention my favourites.

1. Show or hide the blue sidebar that you see when you open any Windows dialog box. For example when you go to my computer you will see other options in the side blue menu. Like view system information, add or remove programs, change settings, and more.. To enable or disable the common task sidebar go to folder options>General Tab>Tasks>then make your choice.

2.  Show Hidden Files is another setting you can change in Windows Folder options. Here’s how to show hidden files in detail. A quick way is to go to Folder Options>View Tab>tick show hidden files.

3.  You can also choose to show files extensions the same way you show hidden files. For example you can see if a movie file is .avi or .mpeg etc.

4.  Change what file type opens with what program by choosing the file types tab. Select a file type and them click change to choose the program to open it with. For example you can make a .txt file open with notepad and a .mp3 to open with Windows Media Player.


 

 






Monday, February 1, 2016

फेसबुकमा अाउने पुराना पोस्टहरुको नोटिफिकेसन कसरी बन्द गर्ने?

फेसबुकले ‘अन दिस डे (On this day)’ फिचरका माध्यमबाट अचानक आफ्नो पुरानो फोटो स्क्रिनमा देखाउने र त्यसदिनका बारेमा सम्झना गराउने काम गर्छ। फेसबुकको यस्तो फिचरले अनलाइन लाइक आदानप्रदान बढ्छ। यसकारण फेसबुकमा किसिमकिसमका फिचरहरु आइरहेका हुन्छन्।
यसबाट फेसबुकलाई फाइदा हुने गरे पनि कतिपयलाई भने यो झन्जटिलो लागिरहेको हुन सक्छ।त्यसकारण फेसबुकको ‘अन दिस डे (On this day)’ फिचर बन्द गर्न चाहनेहरुले यी तरिकाहरु अपनाउन सकछन्।
यो फिचर अन्तर्गत फेसबुकमा पछिल्लो ११ वर्षका आफ्ना पोस्टहरुबाट जे पनि देखाउन सक्छ। यो बन्द गर्न सबैभन्दा पहिले आफ्नो फेसबुकको बाँयातिर भएको ‘एप (App)’ को अन दिस डे (On this day) मा क्लिक गर्ने। 
त्यसपछि माथितिर प्रिफेरेन्सेस (preferences) मा क्लिक गर्ने जहाँ डेट (Date) र फिल्टर (Filter) लेखिएको हुन्छ, त्यसमा Edit गर्ने र Select Dates गर्ने।
त्यसपछि Start Date मा गएर कुनै एक यस्तो तारिख हाल्नुहोस् जब प्रयोगकर्ताले फेसबुक नै जोइन नगरेको होस्। त्यसपछि  End ङ्गate मा पनि पछिको मिति राख्ने। यसपछि Done र Save गर्ने।

अब एनसेलसँग अनलाइन च्याट

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो वेभसाइटमा अनलाइन च्याट सेवा सुरु गरेको छ ।
 
हालै स‌ञ्चालित एनसेलको अनलाइन च्याट सेवा अन्तर्गत ग्राहकले कम्पनीको वेभसाइट www.ncell.com.np  मा गई ‘अनलाइन’ बटनमा क्लिक गरी एनसेलको सेवा सुविधा तथा सेवासँग सम्बन्धित कुनै पनि जानकारी लिनुका साथै आफ्ना समस्याको बारेमा सोधेर तत्काल उत्तर पाउन सक्नेछन् । च्याटका लागि ग्राहकले आफ्नो नाम, मोबाइल नम्बर र ईमेल राखी लग ईन गर्नपर्छ ।
 
'हामी ग्राहकलाई कसरी उत्कृष्ट सेवाको अनुभव दिने भनेर सदा तत्पर रहन्छौ र यो नयाँ सेवा त्यसैको एक परिणाम हो,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, 'छिटो र छरितो सेवाको अपेक्षा गर्ने ग्राहक तथा कामकाजी ग्राहकलाई यो सेवाले विशेष मद्दत पुर्‍याउने हाम्रो विश्वास छ।'
 
एनसेलले फेसबुक तथा ट्विटरबाट पनि ग्राहकको जिज्ञासा तथा समस्या समाधान गर्दै आइरहेको छ । यसका साथै ग्राहकलाई आफ्ना सेवा सुविधाका बारेमा जानकारी गराउन एनसेलले आफ्नो वेभसाइट निःशुल्क बनाई सकेको कम्पनीले जानकारी दिएको छ।
 
हाल, यो अनलाइन च्याट सेवा हरेक दिन बिहान ९.०० देखि ५.३० सम्म ग्राहकहरुका लागि उपलब्ध  हुनेछ ।

ह्वाट्सएप अब निःशुल्क

ह्वाट्सएप अब निःशुल्क


ह्वाट्सएप प्रयोग गर्दा अब कुनै किसिमको सब्स्क्रिप्सन शुल्क नलाग्ने भएको छ। कम्पनीले गत सोमबार आफ्नो ब्लगमा वर्षभरी एप प्रयोग गर्दा लाग्ने सब्स्क्रिप्सन शुल्क अब नलिने औपचारिक घोषणा गरेको बिबिसिमा उल्लेख छ। 
विश्वभरीमा करिब १ सय करोड मानिसले ह्वाट्सएप चलाउने भएकाले कम्पनीले शुल्क नलिने घोषणा गरेको बताइएको छ। वर्षभरी निःशुल्क ह्वाट्सएप चलाएवापत कम्पनीले थोरै पैसा लिने गरेको भएपनि यो तरिका उपयुक्त नभएको र धेरै प्रयोगकर्ताहरुसँग डेबिट क्रेडिट कार्ड नभएका कारण यो निर्णय गरेको कम्पनीले बताएको छ। 
कम्पनीले आगामी केही हप्तापछि नै ह्वाट्सएपले आफ्ना विभिन्न संस्करणबाट शुल्क लिन बन्द गर्ने बताउँदै यो घोषणाको अर्थ बाहिरी विज्ञापनलाई स्थान दिइने नबुझ्न आग्रह पनि गरेको छ। 
 

True Caller एकाउन्ट कसरी बन्द गर्ने?

True Caller एउटा यस्तो एप हो जसले नचिनेका नम्बरको जानकारी गराउँछ। True Caller प्रयोग गर्दा आफ्नो नाम र नम्बर True Callerको डाटाबेस (DataBase) मा सेभ हुन्छ।
 
यसले गर्दा ह्याकरले आफ्नो विवरण चोरी गर्ने खतरा बढी हुन्छ। कतिपय व्यक्तिहरुलाई True Caller एप अनइन्सटल (Uninstall)  गरेपछि आफ्नो नम्बर एपबाट हट्छ वा एकाउन्ट निस्क्रिय हुन्छ भन्ने भ्रम हुन्छ। एकाउन्ट निस्क्रिय गर्नु वा नम्बर हटाउन प्रयोगकर्ताले निम्न तरिका अपनाउनु पर्ने हुन्छ।
 
True Caller एकाउन्ट बन्द गर्नः
 
एन्ड्रोइडमाः
एप खोल्ने र सेटिङमा गएर एबाउट  (About) मा क्लिक गर्ने। त्यसपछि डिएक्टिभेट एकाउन्ट (Deactivate Account) मा क्लिक गर्ने।
 
आईफोनमाः
एप खोलेर एबाउट True Caller मा गएर डिएक्टिभेटमा क्लिक गर्ने।
 
विन्डोजमाः
एप खोलेर सेटिङमा जाने। हेल्प (Help) विकल्पमा क्लिक गर्ने र डिएक्टिभेट एकाउन्ट विकल्प आउने छ।
 
True Callerबाट नम्बर हटाउनः
सबभन्दा पहिले True Caller अनलिस्ट (Unlist) पेजमा जाने। त्यसपछि त्यहाँ हटाउन चाहेको नम्बर राख्ने। त्यसपछि भेरिफिकेशन कोड (Verification Code) राख्ने र अनलिस्टमा क्लिक गर्ने।

एनसेलमा अब १२ पैसा प्रतिमिनेट रात्री कल

मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ । यस अन्तरगत एनसेलका प्रिपेड ग्राहकले एनसेलको कुनै पनि नम्बरमा अब कर बाहेक मात्र १२ पैसा प्रतिमिनेटमा रात्री कल गर्न सक्छन् ।
 
नाइट भ्वाइस प्याक योजना यही सोमबार (माघ १८) बाट लागू हुनेछ । योजनामा ग्राहकले ६० मिनेट अन–नेट टक टाइम रहेको रात्रीकालिन भ्वाईस प्याक कर बाहेक ७ रुपैयाँमा खरिद गर्न सक्छन् । अर्थात्, रातको समयमा प्रतिमिनेट कर बाहेक करिब १२ पैसामा एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ।
 
नाइट भ्वाइस प्याक २४ घण्टासम्म मान्य छ र प्याक अन्तरगतको टक टाइम एनसेल नेटवर्क भित्र राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिनेछ ।
 
एनसेलका सम्पूर्ण ग्राहकले यस योजनामा सहभागी भई प्याक अन्तर्गतको सुविधाको लिन सक्छन् । ग्राहकले १७१०६ मा डायल गरी प्राप्त जानकारी अनुसार नाइट भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यसैगरी अंग्रजीको ए (A) टाइप गरी १७१०६ मा एसएमएस पठाएर पनि प्याक लिन सकिन्छ ।
 
ग्राहकले पनि एस्ट्रिक्स ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । नाइट भ्वाइस प्याकको समयावधि वा टक टाइम सकिएपछि विद्यमान रात्री शुल्क लागू हुनेछ ।
 
“दैनिक र साप्ताहिक भ्वाईस प्याक पछि यो रात्रिकालिन भ्वाइस प्याक ल्याउन पाउँदा हामी हर्षित भएका छौँ। यसले हाम्रा प्रिपेड ग्राहकलाई रातको समयमा अति सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सहज बनाएको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलले सुलभ दरमा गुणस्तरीय सेवा उपलब्ध गराउने  प्रतिबद्धता बमोजिम यो योजना ल्याएको उनले जानकारी दिए ।
 
एनसेलले प्रिपेड ग्राहकका लागि केही समय अघि दैनिक र साप्ताहिक भ्वाईस प्याक ल्याएको थियो, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार भ्वाईस प्याक लिई कर सहित क्रमशः  १ रुपैयाँ प्रतिमिनेट र ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छन् ।
 
ग्राहकले भ्वाइस प्याक र नाइट भ्वाइस प्याक दुवै खरिद गर्दा, रात्रीकालिन कलमा पहिला नाइट भ्वाइस प्याक प्रयोग हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो नाइट भ्वाइस प्याक लिन सक्छन् । एक भन्दा बढी पटक प्याक किन्दा टक टाइम पनि सोहि अनुसार बढ्दै जाने र समयाबधि पनि पछिल्लो पटक प्याक किन्दाको समयानुसार बढ्ने कम्पनीले जानकारी दिएको छ ।