Friday, March 4, 2016

नयाँ इमोजीका साथ ह्वाट्स एपमा थपियो अर्को फिचर


म्यासेजिङ एप ह्वाट्स एपमा नयाँ अपडेट गरिएको छ। यस अपडेटपछि प्रयोगकर्ताहरुले ह्वाट्स एपमा डक्युमेन्ट फाइल (Document File) पठाउन सक्नेछन्।  
 
यस फिचरमा हाल पिडिएफ (PDF) फाइल पठाउन सकिने छ र आगामी दिनमा वर्ड (Word) फाइल पठाउन मिल्ने सुविधा पनि उपलब्ध हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
 
ग्यालरी, क्यामराको आइकन (Icon) भएको ठाउँमा डक्युमेन्ट एड (add) गर्ने आइकन पनि दिइएको छ। भिडियो सेयरिङ आइकनलाई हटाएर यो नयाँ आइकन थपिएको कम्पनीले जनाएको छ।
 
फाइल रिसिभ र सेन्ड गर्न दुवै प्रयोगकर्ताको ह्वाट्स एप अपडेट भएको हुनु पर्छ। एन्ड्रोइडका लागि भर्जन V2.12.489 छ र आईओएसका लागि भर्जन V2.12.4 छ।
 

No comments:

Post a Comment