Friday, March 4, 2016

यूएइबाट नेपाल टेलिकमका कुनै पनि नम्बरमा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने

यूएइको Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमका कुनै पनि नम्बरमा अब प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने भएको छ।
 
यस अनुसार Etisalat कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने टेलिकमले जनाएको छ। 
 
योअफर मार्च १ (यही फागुन १८) देखि तीन महिनासम्म लागू हुनेछ । नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी भ्तष्कबबित कम्पनीले यो अफर लागू गरेको हो । 
 
यस छुट अफरबाट युृएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुनेछन्। 
 

No comments:

Post a Comment