Monday, February 1, 2016

एनसेलमा अब १२ पैसा प्रतिमिनेट रात्री कल

मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘नाइट भ्वाइस प्याक’ योजना ल्याएको छ । यस अन्तरगत एनसेलका प्रिपेड ग्राहकले एनसेलको कुनै पनि नम्बरमा अब कर बाहेक मात्र १२ पैसा प्रतिमिनेटमा रात्री कल गर्न सक्छन् ।
 
नाइट भ्वाइस प्याक योजना यही सोमबार (माघ १८) बाट लागू हुनेछ । योजनामा ग्राहकले ६० मिनेट अन–नेट टक टाइम रहेको रात्रीकालिन भ्वाईस प्याक कर बाहेक ७ रुपैयाँमा खरिद गर्न सक्छन् । अर्थात्, रातको समयमा प्रतिमिनेट कर बाहेक करिब १२ पैसामा एनसेलको कुनै पनि नम्बरमा कुरा गर्न सक्ने कम्पनीले जनाएको छ।
 
नाइट भ्वाइस प्याक २४ घण्टासम्म मान्य छ र प्याक अन्तरगतको टक टाइम एनसेल नेटवर्क भित्र राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिनेछ ।
 
एनसेलका सम्पूर्ण ग्राहकले यस योजनामा सहभागी भई प्याक अन्तर्गतको सुविधाको लिन सक्छन् । ग्राहकले १७१०६ मा डायल गरी प्राप्त जानकारी अनुसार नाइट भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यसैगरी अंग्रजीको ए (A) टाइप गरी १७१०६ मा एसएमएस पठाएर पनि प्याक लिन सकिन्छ ।
 
ग्राहकले पनि एस्ट्रिक्स ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । नाइट भ्वाइस प्याकको समयावधि वा टक टाइम सकिएपछि विद्यमान रात्री शुल्क लागू हुनेछ ।
 
“दैनिक र साप्ताहिक भ्वाईस प्याक पछि यो रात्रिकालिन भ्वाइस प्याक ल्याउन पाउँदा हामी हर्षित भएका छौँ। यसले हाम्रा प्रिपेड ग्राहकलाई रातको समयमा अति सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन सहज बनाएको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलले सुलभ दरमा गुणस्तरीय सेवा उपलब्ध गराउने  प्रतिबद्धता बमोजिम यो योजना ल्याएको उनले जानकारी दिए ।
 
एनसेलले प्रिपेड ग्राहकका लागि केही समय अघि दैनिक र साप्ताहिक भ्वाईस प्याक ल्याएको थियो, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार भ्वाईस प्याक लिई कर सहित क्रमशः  १ रुपैयाँ प्रतिमिनेट र ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्छन् ।
 
ग्राहकले भ्वाइस प्याक र नाइट भ्वाइस प्याक दुवै खरिद गर्दा, रात्रीकालिन कलमा पहिला नाइट भ्वाइस प्याक प्रयोग हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो नाइट भ्वाइस प्याक लिन सक्छन् । एक भन्दा बढी पटक प्याक किन्दा टक टाइम पनि सोहि अनुसार बढ्दै जाने र समयाबधि पनि पछिल्लो पटक प्याक किन्दाको समयानुसार बढ्ने कम्पनीले जानकारी दिएको छ ।

1 comment:

  1. Welcome To My Blog : एनसेलमा अब १२ पैसा प्रतिमिनेट रात्री कल >>>>> Download Now

    >>>>> Download Full

    Welcome To My Blog : एनसेलमा अब १२ पैसा प्रतिमिनेट रात्री कल >>>>> Download LINK

    >>>>> Download Now

    Welcome To My Blog : एनसेलमा अब १२ पैसा प्रतिमिनेट रात्री कल >>>>> Download Full

    >>>>> Download LINK

    ReplyDelete