Friday, March 4, 2016

विश्वका खतरनाक भाइरसहरु मध्ये एक ‘आई लभ यू’

कम्प्युटरमा भाइरस आएमा विभिन्न प्रकारको समस्या हुन्छ। भाइरसका कारणले कम्प्युटर नै क्र्यास हुने सम्भावना हुन्छ। जानौँ विश्वका सबैभन्दा खतरनाक भाइरसका बारेमाः
 
आई लभ यू (I Love You)
सन् २००० मा आएको यो भाइरस इमेलका माध्यमबाट आउँछ। यसको सब्जेक्ट लाइन (Subject line) 'आई लभ यू' हुन्छ र फाइलको 'लभ लेटर फर यू' नाम हुन्छ।
 
मेलिसा (Melissa )
सन् १९९९ मा आएको यो भाइरस इमेलका माध्यमबाट आउँछ। यो नाम फ्लोरिडाकी एक डान्सरका नाममा राखिएको हो।
 
माइ डुम (My Doom)
इमेलमा आउने यो भाइरस सन् २००४ मा बेनको हो। यो भाइरस “mail transaction failed” जस्तो सब्जेक्टमा आउँछ। इमेलको एड्रेस बुक (Address Book) मा गएर यसले डाटा क्र्यास (Crash) गर्छ।
 
स्ट्रम वर्म (Storm Worm)
लिंक (Link) का माध्यमबाट आउने यो भाइरस सन् २००६ मा कम्प्युटरमा देखा परेको हो।
 
सिआईएच (CIH) 
सन् १९८८ मा आएको यो भाइरस हार्ड ड्राइभका माध्यमबाट कम्प्युटरमा प्रवेश गर्छ। सिस्टमको BIOS चिपलाई ओभरराइट गरेर ड्राइभ क्र्यास गर्छ।
 
एन्ना कोरनिकोभा भाइरस (Anna Kournikova virus)
टेनिस स्टार Anna Kournikova को फोटो एट्याच भएर आउने यो भाइरस सन् २००० मा आएको हो। यो भाइरस इमेलमा आउने गर्छ।
 
कन्फिकर भाइरस (Conficker virus)
सामाजिक संजालबाट फैलिने यो भाइरस सन् २००९ मा आएको हो। विन्डोज अपरेटिङ सिस्टममा काम गर्ने डिभाइसमा यसले असर गर्छ।
 
बिस्ट ट्रोजन हर्स (Beast Trojan Horse)
सन् २००२ मा आएको यो भाइरस सफ्टवेयरका माध्यमले आउँछ।
 

No comments:

Post a Comment