Monday, February 1, 2016

ह्वाट्सएप अब निःशुल्क

ह्वाट्सएप अब निःशुल्क


ह्वाट्सएप प्रयोग गर्दा अब कुनै किसिमको सब्स्क्रिप्सन शुल्क नलाग्ने भएको छ। कम्पनीले गत सोमबार आफ्नो ब्लगमा वर्षभरी एप प्रयोग गर्दा लाग्ने सब्स्क्रिप्सन शुल्क अब नलिने औपचारिक घोषणा गरेको बिबिसिमा उल्लेख छ। 
विश्वभरीमा करिब १ सय करोड मानिसले ह्वाट्सएप चलाउने भएकाले कम्पनीले शुल्क नलिने घोषणा गरेको बताइएको छ। वर्षभरी निःशुल्क ह्वाट्सएप चलाएवापत कम्पनीले थोरै पैसा लिने गरेको भएपनि यो तरिका उपयुक्त नभएको र धेरै प्रयोगकर्ताहरुसँग डेबिट क्रेडिट कार्ड नभएका कारण यो निर्णय गरेको कम्पनीले बताएको छ। 
कम्पनीले आगामी केही हप्तापछि नै ह्वाट्सएपले आफ्ना विभिन्न संस्करणबाट शुल्क लिन बन्द गर्ने बताउँदै यो घोषणाको अर्थ बाहिरी विज्ञापनलाई स्थान दिइने नबुझ्न आग्रह पनि गरेको छ। 
 

No comments:

Post a Comment