Monday, February 1, 2016

फेसबुकमा अाउने पुराना पोस्टहरुको नोटिफिकेसन कसरी बन्द गर्ने?

फेसबुकले ‘अन दिस डे (On this day)’ फिचरका माध्यमबाट अचानक आफ्नो पुरानो फोटो स्क्रिनमा देखाउने र त्यसदिनका बारेमा सम्झना गराउने काम गर्छ। फेसबुकको यस्तो फिचरले अनलाइन लाइक आदानप्रदान बढ्छ। यसकारण फेसबुकमा किसिमकिसमका फिचरहरु आइरहेका हुन्छन्।
यसबाट फेसबुकलाई फाइदा हुने गरे पनि कतिपयलाई भने यो झन्जटिलो लागिरहेको हुन सक्छ।त्यसकारण फेसबुकको ‘अन दिस डे (On this day)’ फिचर बन्द गर्न चाहनेहरुले यी तरिकाहरु अपनाउन सकछन्।
यो फिचर अन्तर्गत फेसबुकमा पछिल्लो ११ वर्षका आफ्ना पोस्टहरुबाट जे पनि देखाउन सक्छ। यो बन्द गर्न सबैभन्दा पहिले आफ्नो फेसबुकको बाँयातिर भएको ‘एप (App)’ को अन दिस डे (On this day) मा क्लिक गर्ने। 
त्यसपछि माथितिर प्रिफेरेन्सेस (preferences) मा क्लिक गर्ने जहाँ डेट (Date) र फिल्टर (Filter) लेखिएको हुन्छ, त्यसमा Edit गर्ने र Select Dates गर्ने।
त्यसपछि Start Date मा गएर कुनै एक यस्तो तारिख हाल्नुहोस् जब प्रयोगकर्ताले फेसबुक नै जोइन नगरेको होस्। त्यसपछि  End ङ्गate मा पनि पछिको मिति राख्ने। यसपछि Done र Save गर्ने।

No comments:

Post a Comment