Thursday, April 2, 2015

गुगलले ल्यायो ‘पेनड्राइभ कम्प्युटर’, मूल्य १० हजार रुपैयाँ


अब कम्प्युटर किन्दा ठूलो र महंगो सिपियु किन्न आवश्यक पर्नेछैन, एउटा पेनड्राइभ किने पुग्छ । घरमा लगेर टिभी वा मोनिटरमा जोडेर त्यसलाई कम्प्युटर बनाउन सकिने छ ।
इन्टरनेट बादशाह गुगल र ताइवानी कम्पनी एसस मिलेर पेनड्राइभ जस्तो एउटा यस्तो उपकरण ल्याउँदैछन् जसले कुनै पनि डिस्प्लेलाई पर्सनल कम्प्युटर बनाइदिन्छ ।
‘कम्प्युटर अन स्टिक’ अर्थात् लठ्ठीमै कम्प्युटर भनिएको ‘एसस क्रोमबिट’ नामक उक्त उपकरण यो वर्षको मध्य अर्थात् जुन महिनासम्ममा सस्तो मूल्यमै बजारमा उपलब्ध हुनेछ ।
गुगलले आफ्नो ब्लग पोष्टमा भनेको छ, ‘क्यान्डी बारभन्दा सानो क्रोमबिट पूर्ण कम्प्युटर हो, जुन १ सय डलर (१० हजार रुपैयाँ) भन्दा कम मूल्यमा उपलब्ध हुनेछ ।’

No comments:

Post a Comment