Monday, February 1, 2016

अब एनसेलसँग अनलाइन च्याट

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो वेभसाइटमा अनलाइन च्याट सेवा सुरु गरेको छ ।
 
हालै स‌ञ्चालित एनसेलको अनलाइन च्याट सेवा अन्तर्गत ग्राहकले कम्पनीको वेभसाइट www.ncell.com.np  मा गई ‘अनलाइन’ बटनमा क्लिक गरी एनसेलको सेवा सुविधा तथा सेवासँग सम्बन्धित कुनै पनि जानकारी लिनुका साथै आफ्ना समस्याको बारेमा सोधेर तत्काल उत्तर पाउन सक्नेछन् । च्याटका लागि ग्राहकले आफ्नो नाम, मोबाइल नम्बर र ईमेल राखी लग ईन गर्नपर्छ ।
 
'हामी ग्राहकलाई कसरी उत्कृष्ट सेवाको अनुभव दिने भनेर सदा तत्पर रहन्छौ र यो नयाँ सेवा त्यसैको एक परिणाम हो,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, 'छिटो र छरितो सेवाको अपेक्षा गर्ने ग्राहक तथा कामकाजी ग्राहकलाई यो सेवाले विशेष मद्दत पुर्‍याउने हाम्रो विश्वास छ।'
 
एनसेलले फेसबुक तथा ट्विटरबाट पनि ग्राहकको जिज्ञासा तथा समस्या समाधान गर्दै आइरहेको छ । यसका साथै ग्राहकलाई आफ्ना सेवा सुविधाका बारेमा जानकारी गराउन एनसेलले आफ्नो वेभसाइट निःशुल्क बनाई सकेको कम्पनीले जानकारी दिएको छ।
 
हाल, यो अनलाइन च्याट सेवा हरेक दिन बिहान ९.०० देखि ५.३० सम्म ग्राहकहरुका लागि उपलब्ध  हुनेछ ।

No comments:

Post a Comment