Sunday, April 12, 2015

अब फेसबुक च्याटका लागि बेग्लै वेबसाइट, तपाईंले परिक्षण गर्नुभयो ?

बिश्वकै नम्बर एक सामाजिक संजाल फेसबुकले च्याट गर्नका लागि बेग्लै वेब प्लेटर्फम सार्वजनिक गरेको छ । यसअघि मोबाइल प्रयोगकर्ताका लागि बेग्लै म्यासेन्जर एप प्रयोगमा ल्याइसकेको फेसबुकले सोही अबधारणा अनुसार वेब भर्सनमा बेग्लै डोमेन नेममा म्यासेन्जर प्लेटर्फम सार्वजनिक गरेको छ ।
म्यासेन्जर डटकममा खुल्ने यो वेब प्लेटर्फमको काम मात्र च्याट गुर्न हो । यसका लागि तपाईले आफ्नो फेसबुक अकाउन्ट खोलिरहेकै ब्राउजरमा म्यासेन्जर डटकम खोल्न सक्नुहुन्छ । यदि तपाईको फेसबुक अकाउन्ट खुला छैन भने मात्र तपाईले युजर नेम र पासवर्ड प्रयोग गर्नुपर्छ, अन्यथा पर्दैन् । फेसबुककै युजर नेम र पासवर्डले म्यासेन्जरमा पनि काम गर्छ ।
नयाँ प्लेटर्फममा तपाईले ठूलो साइजमा सफा लेआउटमा च्याट गर्न पाउनुहुन्छ जसले गर्दा तपाई फेसबुकको परम्परागत च्याटमा जस्तो सानो साइजको विन्डोमा अल्झिनुपर्दैन् ।
फेसबुक लगइन नगरी पनि तपाई म्यासेन्जरमा लगइन गरी च्याट गर्न सक्नुहुन्छ । तर, फेसबुकले तपाईंलाई म्यासेन्जर प्रयोग गर्न बाध्य भने पार्दैन् । अर्थात, तपाईले फेसबुकको मौजुदा प्लेटर्फमबाट पनि च्याट गर्न सक्नुहुन्छ, यदि तपाईलाई नयाँ प्लेटर्फम सजिलो लाग्यो भने नयाँबाट मात्र पनि च्याट गर्न सक्नुहुन्छ ।
अघिल्लो बर्ष फेसबुकले मोबाइल प्रयोगकर्ताका लागि बेग्लै म्यासेन्जर एप सार्वजनिक गरेको थियो । त्यसपछि फेसबुकले मोबाइलबाट फेसबुक च्याट अप्सन बन्द गरिदियो जसले गर्दा प्रयोगकर्ताले नयाँ म्यासेन्जर एप डाउनलोड गर्नैपर्ने बाध्यता भयो ।
फेसबुकले च्याट प्रबिधिलाई केवल परम्परागत च्याटका रुपमा सिमित नराखी कम्युनिकेसन हवका रुपमा बिकाश गर्न खोज्दैछ । केही साताअघि मात्र फेसबुकले च्याटबाट पैसा पठाउन सकिने सुविधाको घोषणा गरेको थियो ।

No comments:

Post a Comment