६ फागुन, काठमाडौं । एनसेलले आफ्नो दैनिक डेटा प्याकमा नयाँ अफर ल्याएको छ । जसअन्तर्गत ऐनसेलका ग्राहकले अब कुनै पनि भोल्यूमको दैनिक डेटा प्याक खरिद गर्दा सोहि भोल्यूम बराबरको थपडेटा निःशुल्क प्राप्त गर्नेछन् ।
एकको दुई अफर नामक यो योजना यही फागुन ७ बाट लागु हुने कम्पनीले जनाएको छ । एनसेलका सम्पूर्ण
पि्रपेड तथा पोष्टपेड ग्राहकले यो योजनामा निःशुल्क सहभागी भई अफरको लाभ लिन सक्नेछन् । कम्पनीका अनुसार एस्ट्रिक्स १७१२३ [*17123#] हृयास डायल गरी अफरमा सहनै सहभागी हुन सकिने छ ।
दैनिक रुपमा डेटा प्याक लिई ईन्टरनेट प्रयोग गर्न रुचाउने ग्राहकका लागि एनसेलले कर वाहेक ६ रुपैयाँमा ३ एमबी, ९ रुपैयाँमा ६ एमबी, १२ रुपैयाँमा ९ एमबी तथा २० रुपैयाँमा २० एमबीको दैनिक प्याक उपलब्ध गराउँदै आएको छ ।
आफ्ना गाहकल।ई सुलभ दरमा उत्कृष्ट डेटाको अनुभव गराउने प्रतिबद्धता अनुरुप यो योजना ल्याएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।
यस योजनाअन्तर्गत ग्राहकले सोहि मूल्यमा दोब्बर डेटा भोल्यूम प्राप्त गर्ने भएकोले यसले दैनिक प्याक अन्तर्गतको प्रति एमबी डेटा मूल्यलाई आधामा झार्ने शर्माको भनाई छ ।
उदाहरणका लागि २० रुपैयाँमा २० एमबीको दैनिक प्याक खरिद गर्दा थप २० एमबी डेटा प्राप्त गर्ने हुँदा ग्राहकले सो प्याकमा प्रति एमबी ५० पैसाको दरमा ईन्टरनेट चलाउन सक्नेछन् ।
यो योजना तीन महिनाका लागि लागु हुने बताइएको छ । दैनिक प्याक, प्याक सुचारु ग्ारेको २४ घण्टासम्म मान्य हुनेछ ।
No comments:
Post a Comment